रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।"
कर्तव्य ज्यान मुद्दाको आरोपमा फरार रहेका रुकुम पूर्वका एक युवाले गाउँमा आफ्नै घरछेउबाट सडक लिनुपर्ने भन्दै धम्की दिएर सडक निर्माण कार्य लामो समयसम्म अबरुद्ध गरेका छन् ।
सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन सरकारलाई आदेश दिएको छ । विहीबार अदालतले नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा जेठ ९ मा राष्ट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा राख्नु भनि अन्तरिम आदेश जारी गरेको हो""
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् अब २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीले बिहीबार राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसमा रक्षा मन्त्रालय भने ओली आफैंले राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रीमण्डल विस्तार बदरका लागि सर्वोच्च अदालतमा परेका रिटमाथि सर्वोच्च बहस जारी छ ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज बुधवार निषेधाज्ञा सम्बन्धि आदेश जारी गर्दै विहीवारदेखि जिल्लामा लकडाउनलाई केही खुकुलो पारिएको जानकारी दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन आगामी भदौमा नै हुने बताएका छन् । तर कांग्रेसले तयार गरेको निर्वाचन तालिका अनुसार त्यो कति संभव छ भन्ने विषय पेचिलो बनेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्बोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । साथै यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ। बुधवारको इजलासले रिट निवेदकको माग अनुसार किन आदेश जारी नगर्ने भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो।