रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सहभागी हुने भएको छ । जसपाका सरकारमा सहभागी हुने नेतालाई सपथको तयारीमा छन् ।
जिल्ला अस्पताल रुकुम पश्चिममा सञ्चालन हुने भनिएको अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको छ ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार आएपछि अनुसन्धान शुरु भएको छ । ब्रिटेनको एउटा पत्रिकाले त्यस्तो समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु हो ।
नेकपा एमाले भित्रको माधव नेपाल समूहका केही नेता तथा कार्यकर्ता केपी शर्मा ओली पक्षसँग एकता हुन कठिन हुने बताउँदै आएका छन् । पूर्वअध्यक्ष झलनाथ खनाल अब नयाँ पार्टी खोल्न ढिला गर्न नहुने निष्कर्षमा पुगेका छन् ।
श नम्बर २ का मुख्यमन्त्री लालवावु राउतले हालै संघीय सरकारले ल्याएको आगामी बर्षको बजेटमा गिट्टी-बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीतिप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।
हवाई इन्धनको मूल्य घटाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री भानुभक्त ढकालले पहलकमदी लिएका छन् । उनले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गरेका छन् । सभापति देउवाले चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै हो भनेका छन् ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले बहु प्रतिक्षित होण्डाको सीबी३५० डिएलएक्सलाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ ।