रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोनाको महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । बीबीसी हिन्दीलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोना भाइरस महामारी नियन्त्रण हुन नसक्ने प्रष्ट गरे ।
नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउन भन्दै आइतबार गरेको प्रस्तावका विषयमा नेपाल–खनाल पक्षले लिखित धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ ।"
नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएरै वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
नेपाल–भारतमा कोभिड–१९ को दोस्रो भेरियन्टबाट लाखौँ मानिसहरु संक्रमित–आक्रान्त छन्। अक्सिजनको अभावमा हजारौँ नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ। सर्वत्र विस्तारित यो शोक र विपत्तीको घडीमा गत हप्ता दक्षिण एसियाली उपमहाद्वीपले यस्तो एक योद्धा गुमायो, जसले विश्वका अर्बौं मानिसलाई प्राकृतिक अक्सिजनका लागि वनजंगल–पर्यावरणको महत्व कति छ भन्ने ज्ञान बाँडेका थिए, यस क्षेत्रमा बसोबास गर्ने करोडौँ मानिसका लागि हिमाल र नदीको महत्व बुझाउन आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका थिए। ती गान्धीवादी योद्धाको नाम सुन्दरलाल बहुगुणा हो।"
प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतो पदभार ग्रहण गरेलगत्तै आलोचित बनेका छन् । उनको अभिब्यक्तिलाई लिएर चर्को विरोध भइरहेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगा–गिट्टी बालुवा निकासी गर्ने सम्बन्धमा सरकारले गरेको निर्णय बदर गर्न माग राख्दै सर्वोच्चमा रिट निवेदन पेस गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्। मन्त्रीहरुले शुक्रबार साँझ नै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।"
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ढुङ्गा, गिट्टी बालुवा लगायतका निर्माण सामग्री निकासी गर्दा वातावरणमा प्रतिकुल प्रभाव पर्न नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।