रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली उद्योग क्षेत्रको चर्चित ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रा।लि।र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा एकजुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब दुई करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का दुवै अध्यक्षको पत्र खारेज गरेको छ । मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधवार बसेको बैठकले काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी बर्षको बजेटमा समेटेको गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीतिको विरोध गरेका छन् ।
राष्ट्रिय रुपमा कोरोना परीक्षणको दायरा कम भएको बेला रुकुम पश्चिमको एक स्थानीय तहले गाउँ गाउँमा पुगेर कोरोना परीक्षण गर्ने अभियान संचालन गरेको छ ।
कोरोना संक्रमण भइ उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा ४४ बर्षीय थापाको निधन भएको परिवार स्रोतले जनाएको छ ।
टीकापुर घटनाका आरोपीमाथि लगाइएका मुद्दा फिर्ता तथा रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ । नेपाल सरकार र थारुहटरथारुवान संघर्ष समितिबीच भएको ६ बुँदे सहमतिमा टीकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ ।
नेकपा एमालेको स्थायी कमिटीको मंगलबार बसेका बैठकले पार्टी एकता बचाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्यहरुले आन्तरिक एकताको प्रयासलाई अन्तिमसम्म जारी राख्न नेतृत्व तहका नेतालाई सुझाएका थिए ।