रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास ब्यक्त गरेका छन् ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुलाई पार्टीबाट निष्कासन र अन्य केहीलाई स्पष्टीकरण सोधेपछि उनीहरुले संयुक्त बक्तब्य निकालेका छन् ।
संघीय सरकारले जिल्ला प्रशासन मार्फत निषेधाज्ञा जारीगर्नु बाहेक संक्रमितको उपचारका साथै दैनिक जीवनका आधारभूत आवश्यकताका बारेमा कुनै चिन्ता लिएको नदेखिएपछि स्थानिय राजनीतिक दलहरुले स्थानीय सरकारलाई प्रभावकारी कदम चाल्न गुहार मागेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको खोप नेपाल ल्याउनका लागि क्रियाशिल भएकी छन् । अनियमितता र कमिशनका कारण सरकारले खोप किन्न नसकिरहेको अवस्थामा राष्ट्रपति स्वयम सक्रिय बनेकी हुन् ।
नेपाली कांगेसले कोभिड–१९ को आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ ।
आदिबासी किरात समुदायको उभौली पर्व यसपाली सामुहिक रुपमा सार्वजनिक कार्यक्रम गरी नमनाइने भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विषम परिस्थिति सिर्जना भई कडा निषेधाज्ञा लागु रहेकाले यसपालीको उभौली घर घरमा स्वास्थ्य मापदण्ड अपनाउँदै मनाउन किराँत समन्वय समितिले आव्हान गरेको हो ।
प्रधानमन्त्री एवं कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाई जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।
सुनसरीको इटहरी नगरक्षेत्रमा कोरोना संक्रमण नरोकिएपछि गम्भिर संक्रमितहरुको तत्काल उद्धार गर्न गैरसरकारी क्षेत्रको पहलमा ८० शैयाको अक्सिजन सहितको आइशोलेसन मंगलवारदेखि संचालन गरिएको छ । इटहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । संक्रमितको संख्या १५१५ नाघेको छ ।