रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांगेसले कोभिड–१९ को आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ ।
आदिबासी किरात समुदायको उभौली पर्व यसपाली सामुहिक रुपमा सार्वजनिक कार्यक्रम गरी नमनाइने भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विषम परिस्थिति सिर्जना भई कडा निषेधाज्ञा लागु रहेकाले यसपालीको उभौली घर घरमा स्वास्थ्य मापदण्ड अपनाउँदै मनाउन किराँत समन्वय समितिले आव्हान गरेको हो ।
प्रधानमन्त्री एवं कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाई जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।
सुनसरीको इटहरी नगरक्षेत्रमा कोरोना संक्रमण नरोकिएपछि गम्भिर संक्रमितहरुको तत्काल उद्धार गर्न गैरसरकारी क्षेत्रको पहलमा ८० शैयाको अक्सिजन सहितको आइशोलेसन मंगलवारदेखि संचालन गरिएको छ । इटहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । संक्रमितको संख्या १५१५ नाघेको छ ।
कोरोना रोकथामका लागि निषेधाज्ञामा कडाई गरिने भनिएको बेला आकस्मिक उद्धारका साधनहरुको दुरुपयोग हुन थालेको पाइएको छ । विषम परिस्थितिको बेला गैरसरकारी संस्थाको एम्बुलेन्समा लागुऔषध गाँजा ओसारपसार भएको पाइएको हो ।
काठमाडौं उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेश विपरीत पुनःप्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन पेश भएको छ ।""
नेकपा एमालेबाट निष्कासित भएपछि नेता माधवकुमार नेपालले ओली सरकारलाई बढार्दै मुलुकमा कानुनी राज स्थापना गर्ने दायित्व बढेको बताएका छन् । एमालेले पार्टीबाट निष्कासन गरेपछि पहिलो पटक औपचारिक रूपमा अपिल जारी गर्दै उनले ओली गरेको कारबाही अर्थहीन रहेको समेत बताएका छन् ।