रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्र गरी पदको चरम दुरुपयोग गर्दै नेपालको संविधान समाप्त गर्न उद्दत रहेको बताएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणालाई प्रतिगमन भाग २ को संज्ञा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराती प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छिन् । पहिलो प्रतिनिधिसभा विघटनको घोषणालाई सर्वोच्च अदालतले ब्युँताएकामा त्यसको पूर्व विवरणसमेत बाहिर नआइसकेका अवस्थामा फेरि पनि राष्ट्रपति भण्डारीले अदालतको अपहेलना गर्ने गरी दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् ।"
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा बहालवाला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दावी पेश गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न अव्हान गरेकी छन् । उनले सरकार गठन प्रक्रियाका मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् ।
वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा.खिमलाल देवकोटा विजयी भएका छन् । सत्तारुढ दल एमालेबाट उम्मेदवार बनेका राम बहादुर थापा बादललाई देवकोटाले हराएका हुन् ।
सांसद नै नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सात जना मन्त्री पदमुक्त भएका छन् । बिहीबार सर्वोच्च अदालतले उनीहरुको नियुक्ति बदर गर्ने आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले उनीहरुको नियुक्ति बदर गर्ने आदेश दिएको हो।
वागमती प्रदेशको उपनिर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ ।