रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा. पुष्पराज कंडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कंडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना महामारी नियन्त्रणलगायत विषयमा पार्टीका तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका छन् ।"
एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि(विहीबार)हुन गइरहेको उपनिर्वाचनमा रामबहादुर थापालाई विजयी गराउन भनी गरिएको अपिलप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् ।
सरकारले ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार गर्ने भएको छ । सातै प्रदेशका कोभिड संक्रमितले निःशुल्क उपचार पाउने गरि सरकारले कनिजी अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जनाकारी दिए ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागमती प्रदेशतर्फको उपनिर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै अपिल जारी गरेका छन् । अपिल पछि निर्वाचन आयोगले आपत्ति जनाएको छ ।
कोरोना संक्रमितहरुको उपचारको लागि अक्सिजन अभाव भइरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको कारण संक्रमितहरुको संख्या बढीरहेको र उपचारको क्रममा अक्सिजन नभएर ज्यान गुमाउनेहरुको संख्या बढीरहको बेला चौरजहारीले अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।
नेपालमा पछिल्लो समय सबै उमेर समूहका लागि धेरै सङ्क्रामक र जोखिमपूर्ण कोरोना भाइरसको भेरियन्ट फैलिएको पुष्टि भएको छ। कोरोना भाइरसको भारतीय भेरियन्ट भनिएको (बी.१.६१२.२) नेपालमा अत्याधिक फैलिरहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नै भोट हाल्ने विषयमा छलफल नभएको बताएका छन् ।