रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । त्यस्तै सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णय संविधान विपरित भनी परेको निवेदनमाथि पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने तर आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सोमबारदेखि एउटा अभियानको थालनी गरेको घोषणा गरेका छन् । सोमबार राति आफ्नो आधिकारिक ट्वीटर हेण्डलबाट सन्दीपले उक्त अभियानको थालनी गरेको घोषणा गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सघाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले पत्र नै लेखेर भोट मागेपछि रामबहादुर थापालाई भोट दिने निर्णय भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएका सात जना मन्त्रीलाई नियुक्ती दिएपछि पदमुक्तको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औं स्मृति दिवस मनाइँदैछ । यस अवसरमा नेकपा एमालेका नेताहरुले मदन-आश्रितको स्मरण गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीलै जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
नेकपा एमालेले पार्टी भित्रको विवाद समाधानका लागि कार्यदल बनाएको छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल बीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको ‘वान टु वान’ वार्तापछि विवाद समाधानका लागि कार्यदल बनाइएको हो ।"