रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट जस्तो देखिएको जनता समाजवादी पार्टीको एक पक्ष आइतबार एकाएक यूर्टन भएको छ । जसपाले प्रधानमन्त्री ओलीको विश्वासको मत सम्बन्धि प्रस्तावमा हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्विप नलगाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो । आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि गुरुङले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने पूर्व सन्ध्यामा पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् ।
नेपाली कांग्रेसका नेता एवम पूर्वस्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयको सिफारिस बिना कुनै पनि सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री नगर्न दिएको निर्देशनलाई ‘बेतुक’ र ‘हचुवा’को निर्णय भनेका छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । त्यस्तै अन्य दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको छ ।"
बैशाख २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि गरिएको कोरोना परिक्षणमा १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन् ।"