रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल खोल्ने कसरत अघि बढाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुका माग पूरा नगरेको भन्दै नेपाल पक्षले नयाँ दलको नाम, निर्वाचन चिन्ह, पदाधिकारी सूचि लगायतका कसरत अघि बढाएको बुझिएको छ ।
नेकपा एमालेका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा एमाले विभाजनको तयारी गरिएको आरोप लगाएका छन् । ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो;’भन्दै भुसालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्नेहरु अहिले एमाले विभाजन गर्न खनाल र नेपाललाई गाली गरिरहेको संकेत गरेका छन् ।
अस्पतालका बेडहरु कोरोना संक्रमितका विरामीले भरिन थालेसँगै अक्सिजन अभाव भएको जनाउदै नयाँ विरामी भर्ना नलिने अस्पतालहरुको संख्या थपिन थालेको छ ।
सुविधा सम्पन्न र अत्याधुनिक प्रविधियुक्त अस्पतालको रुपमा प्रचार गरिरहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले कोरोना संक्रमितका नयाँ विरामी भर्ना गर्न नसक्ने र उपचाररतलाई पनि अक्सिजन उपलब्ध गराउन नसकिने जनाएको छ ।
कोरोना संक्रमणको दर कम नभएपछि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञाको समय १५ दिन थपेको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएसँगै संयुक्तको सरकार गठनको कसरत शुरु भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संयुक्तको सरकार गठनको कसरतमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत पुर्याउन असफल भएका छन् । विश्वासको मत गुमाएपछि ओली काचलाउ भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(२)अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।