रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
शहरीकरणसंगै व्यक्तिगत सवारी साधनको प्रयोग बढेकाले त्यस्ता सवारीको दुर्घट्ना संख्या पनि बढ्दै गएको छ । प्रदेश १ मा सोमवार एकैदिन मोटरसाइकलका आठ, तिनपाङग्रे टेम्पोका चार दुर्घट्ना भएका छन् ।
ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथिभरा देवी स्थलको मौलिक नाम ‘मुक्कुमलुङ’ भएकोले सरकारी दस्तावेज, प्रचार सामाग्रीहरुमा पुनः मुक्कुमलुङ नामाकरण गरिनुपर्ने माग गर्दै मंगलवार धरानमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् ।
स्वास्थ्य सामाग्री खरिदमा ठेकेदारले गरेको लापरबाहिको कारण रुकुम पश्चिममा अक्सिन प्लान्ट पुगेको छैन । जसको कारण गम्भिर प्रकृतिका बिरामीहरुले उक्त सेवाको अवसरबाट बञ्चित भएका छन् ।
सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तर कारबाही गरे कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ ।
नेपालमा आगामी असार मसान्तसम्म थप तीन लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने आंकलन गरिएको छ ।
निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले आव २०७४/७५ देखि आव २०७६/७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई सात दिनको समय दिएको हो ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सरकारले कोभिड–१९ संक्रमणको अत्याधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।