रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमाले स्थायी कमिटीको बैठकले थप १२ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्कासन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा चार हप्तामा कोरोना संक्रमण कम हुने दाबी गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले संक्रमण घटाउन लकडाउन गरेको भए पनि आवतजावत पूर्ण रुपमा बन्द नभएको र केही सेवाहरु अहिले पनि सञ्चालनमा रहेकाले संक्रमण हट्न केही समय लाग्ने बताए ।
चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।"
विपक्षी गठबन्धन आबद्ध १४६ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने बताएका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।"
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । आइतबार विघटनविरुद्ध सर्वोच्चमा २५ थान रिट पेश भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ आइतबार जारी गरेकी हुन्।
शुक्रबार मध्यरातमा भएको प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । उनीहरु विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निष्कर्षमा पुगेका छन् ।