रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
विपक्षी गठबन्धनका नेताहरुले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको बताएका छन् । उनीहरुले सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।
‘कामचलाउ सरकार’का प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्का क्रममा थपिएका मन्त्रीहरुलाई काम गनए नदिन सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।"
नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानीरिक्षकहरु (डिआईजी) को सरुवा भएको छ । १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पनि सरुवा भएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी बचाउन प्रयास गर्दा आफूलाई आफ्नो कमजोरीको रूपमा हेरिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभइ सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् ।
नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको हो ।
अन्य कारण होला नहोला तर कांग्रेस महाधिवेशन गर्न स्वास्थ्य मापदण्ड र कोरोना महामारी बाधक बन्नसक्ने संभावना जिवित छ । तर आसन्न १४ औं महाधिवेशनमा सभापतीका लागि दाबेदारहरुको संख्या बढ्दो छ ।
काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा भने थप खुकुलो पारिएको छ ।