रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बाल यौन दुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बमजनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन(तपस्वी) पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
सरकारले राष्ट्रिय विकास परिषदमा सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह र विभिन्न निकायका पदाधिकारी–व्यक्ति मध्येबाट २५ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनमा ५२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज १९ जनाका लागि ५२ जनाको उम्मेदवारी परेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच भेटवार्ता भएको छ । भेटका क्रममा युरोपिएन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गर्ने विषयमा छलफल भएको छ ।
नेपालमै पहिलोपटक डिजिटल कार्डको सुरुवात भएको छ । विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि डिजिटल भिजिटिङ्ग कार्ड भित्रिएको हो । यो एक ‘पेपरलेस भिजिटिङ्ग कार्ड’ हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् ।
नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले विभिन्न सहमति र सम्झौता गरेर शुक्रबार स्वदेश फर्किए । फर्किनुअघि पशुपतिनाथ दर्शन गरी रुद्राक्षको विरुवा रोप्दै आफ्नो स्मृति छाडेर विदाई भए ।