रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुको सपरिवार हत्या भएको घटना स्मरण गरेका छन् । १९ जेठ २०५८ को शुक्रबार साँझ भएको राजपरिवारको हत्या काण्डसँग आफ्नो नाम जोडेर टिकाटिप्पणी भएकोमा शाहले गुनासो गरेका छन्। नागरिक अभिनन्दन ग्रहण बीरगंज पुगेका पूर्वराजा शाहले शनिबार उपस्थित मानिसहरुमाझ राजदरबार हत्याकाण्डपछि ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो’ भनेर गुनासो पोखे।
मीनकुमारी राणा प्रतिष्ठानले प्रजातन्त्र सेनानी सम्मान तथा पुरस्कार भक्तपुरका पाका नेता लेखनाथ न्यौपानेलाई प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा माघ २५ गत राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा न्यौपानेलाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका महासचिव रबि राणाले जानकारी दिए ।
लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ। ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ।
राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै सभाको नेतृत्व कसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरु परामर्शमा जुटेका छन्। १९ रिक्त स्थान हिजोको निर्वाचनबाट पूरा भएको छ। सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।
राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणामअनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन् । एक ठाउँमा माओवादी केन्द्रकी उम्मेदवार पराजित हुँदा एमालेकी उम्मेदवार विजयी भएकी छिन् ।
यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।
काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि नयाँसडक क्षेत्रमा सवारी साधन पार्किङ रोक लगाएको छ । महानगरले नयाँसडक क्षेत्रका कालोपत्रे सडकहरुमा पार्किङ निषेध गरेसँगै व्यापारीहरु आक्रोशित भएका छन् ।