रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ। सोही अनुरुप विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ सुरु गरेको हो ।
भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरूमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितका व्यक्तिलाई दोषी ठहर गरेको हो ।
दिवंगत वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यका बारेमा संगीत तथा कला क्षेत्रमा व्यक्तिहरुले मार्मिक प्रतिक्रिया दिएका छन् । वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखा चिम्लिएका थिए । एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्र संघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताएका छन् ।
संसदीय समितिले टेरामक्स र एमडिएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले टेरामक्स र एमडिएमएस सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
आगामी माघ ८ गते अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ । राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागि मात्र नभइ संसारभर चासोको विषय बनेको छ । राम मन्दिर निर्माण तथा प्राण प्रतिष्ठाको लागि भारतका ठूला उद्योगी व्यापारी घरानादेखि बलिउडका ठूला कलाकारहरुले स्वेच्छाले करोडौँ चन्दा दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुने गरी राजनीतिक दलहरूले छिटोभन्दा छिटो आवश्यक कानुनहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन् ।