रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष कुल आचार्यले पद र स्वार्थका कारण तीन दिशामा फर्किएको संघलाई दुरुपयोग हुन नदिन सबै पक्षले आपसी सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।
आर्थिक वर्ष २०८०–८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।
पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
इलाममा बसेर साहित्य सिर्जनामा सक्रिय विमल बैद्यको कवितासंग्रह ‘युगको तटमा उभिएर’ शनिबार काठमाडौंमा एक समारोहबिच लोकार्पण गरिएको छ ।"
शुक्रबार ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देश एवम विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रम गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी छिनोफानो गरेसँगै राजनीतिक दलका नेताहरु उप निर्वाचनबारे छलफलमा केन्द्रित हुन थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले युगाण्डा भ्रमण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको हो ।