मन्त्रिमण्डल पूर्णताको अन्तिम तयारीमा देउवा: को-को बन्दैछन् मन्त्री ?
- रुपान्तरण
सत्तारुढ गठबन्धन आबद्ध दलहरूबीच मन्त्रीको सङ्ख्या भागबण्डा भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद् विस्तार गर्नका लागि गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । दलहरुले आन्तरिक विवाद टुंग्याएर मन्त्रीहरुको नाम दिएको खण्डमा विहीबार वा शुक्रबार भित्र मन्त्री मण्डलले पूर्णता पाउने लगभग निश्चित छ ।"