देउवालाई निधिको पत्र
- रुपान्तरण
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा कतिपय जिल्लामा वडा अधिवेशन गर्न नै सकस भएको छ । विशेषगरी कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लामा सदस्यता विवादले उग्र रुप लिएको छ । नेता डा.शेखर कोइरालाले डडेल्धुरा जिल्लामा देखिएको सदस्यता विवाद निम्त्याएर महाधिवेशन नगर्ने वहाना हो कि भनेर आशंका समेत ब्यक्त गरिसकेका छन् ।