जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव
- रुपान्तरण
सत्ता गठबन्धनमा आवद्ध दलहरुले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।