पार्टी संचालनमा नेता नेपालले मागे बराबरी हिस्सा
- रुपान्तरण
नेकपा एमालेका एकताका लागि गठित कार्यदलको वार्ता सहमति नजिक पुगेको दाबी गरिएको छ । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले निष्कर्षका लागि अब धेरै समय नलाग्ने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’