माधव नेपाल पक्षधर सांसदहरुले हस्ताक्षर फिर्ता नलिने
- रुपान्तरण
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले आफ्नो अडान कायम राखेका छन् । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । तर, नेपाल पक्षधर सांसदहरुले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेका छन् ।