ओलीको प्रस्ताव इमानदार मान्न सकिदैन
- रुपान्तरण
एमालेका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टीको एकताको प्रस्ताव इमान्दार नभएको बताएका छन्।सोमबार अपराह्न बसेको पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकले ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमानदार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको गौतमले बताएका हुन्।