‘कामचलाउ सरकार’का प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्का क्रममा थपिएका मन्त्रीहरुलाई काम गनए नदिन सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।"
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी बचाउन प्रयास गर्दा आफूलाई आफ्नो कमजोरीको रूपमा हेरिएको बताएका छन् ।
अन्य कारण होला नहोला तर कांग्रेस महाधिवेशन गर्न स्वास्थ्य मापदण्ड र कोरोना महामारी बाधक बन्नसक्ने संभावना जिवित छ । तर आसन्न १४ औं महाधिवेशनमा सभापतीका लागि दाबेदारहरुको संख्या बढ्दो छ ।
नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू फेरि सभापतिका लागि तयारी गर्ने संकेत गरेका छन् । शनिबार प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफलका क्रममा पुनः पार्टी सभापतिका लागि इच्छुक रहेको संकेत गरेका हुन् ।
नेपाली काँग्रेसले पाँच दल आबद्ध विपक्षी गठबन्धनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । बिहीवार र शुक्रवार गरी दुई दिन बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पाँच दल आबद्ध विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई सदर गर्न माग गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । विहीबार सर्वोच्चमा पेस गरेको जवाफी पत्रमा अदालतमाथि विभिन्न प्रश्नहरु पनि गरेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई छायाको होइन ऐनाको सुझाव लिन आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले निष्पक्ष, तटस्थ भूमिका निर्वाह गर्न नसकेको र पूर्वाग्रही रहेको आरोप लगाएका छन् ।