रेशम चौधरीलगायतका नेताहरु छुटाउने प्रयास, ६ बुँदे सहमति
- रुपान्तरण
टीकापुर घटनाका आरोपीमाथि लगाइएका मुद्दा फिर्ता तथा रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ । नेपाल सरकार र थारुहटरथारुवान संघर्ष समितिबीच भएको ६ बुँदे सहमतिमा टीकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ ।