हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए : ओली
- रुपान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताएका छन् । बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् ।"