लकडाउनको सुनसान सडकमा पनि सवारी दुर्घट्ना
- रुपान्तरण
जिल्ला जिल्लामा जारी निषेधाज्ञाका कारण देशभर भएको लकडाउनको सुनसान सडकमा पनि सवारी दुर्घटना हुने गरेको प्रदेश १ प्रादेशिक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बुधवार देखि विहीवार विहान २४ घण्टाको अवधिमा झापा, मोरङ र सुनसरीमा भएका तीन वटा सावरी दुर्घट्नामा ५ जना घाइते भएको बताइएको छ । घट्नामा एक गम्भिर घाइते विर्तामोड बिएण्डसी अस्पतालमा पुर्याएएको छ ।