नेपालमा अबको चार हप्तामा कोरोना संक्रमण कम हुने
- रुपान्तरण
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा चार हप्तामा कोरोना संक्रमण कम हुने दाबी गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले संक्रमण घटाउन लकडाउन गरेको भए पनि आवतजावत पूर्ण रुपमा बन्द नभएको र केही सेवाहरु अहिले पनि सञ्चालनमा रहेकाले संक्रमण हट्न केही समय लाग्ने बताए ।