रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ ।"
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको बताएका छन् । राजधानीमा शुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको उल्लेख गर्दै उनले यसबारे कुनै भ्रम नपाल्न आग्रह गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् ।
नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको एक मात्र आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले हिमालय उद्धार संघ नेपाललाई होण्डा जेनेरेटर हस्तान्तरण गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाएका छन् । एमसीसी नेपालको अहितमा रहेको बताउँदै आएका पूर्वमन्त्री एवं एमाले नेता भीम रावलप्रति देउवाले आक्रोश व्यक्त गरेका हुन ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यहि फागुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।