रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताइन । उनले भारतसँगको व्यापार दक्षिण एशियाकै पहिलो भएको समेत बताइन ।"
नेपाली कांग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतवार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई बिहीबार बिहान स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले उक्त जानकारी गराएका हुन् ।
नेकपा एमालेले पार्टीको आगामी १०औं महाधिवेशनमा देश तथा विदेशबाट राजनीतिक दलका शीर्ष नेतालाई अतिथिका रुपमा बोलाउने भएको छ। तर एमालेले माधव नेपाललाई भने नबोलाउने बताएको छ।
महानायक राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडिओ रिलीज गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडिओ रिलीज गरिएको हो । यो गीत नै हमालले गाएको पहिलो अफिसियल गीत हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) समर्थक वकिलहरूको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन र प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनले सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दा सुनुवाइ गर्न आह्वान गरेका छन् ।
प्रदेश १ को तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन्। त्यस्तै कर्णाली प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६)को लागि स्कटल्यान्डको ग्लासगो सहरमा रहेका दुवै राष्ट्र प्रमुख बिच मङ्गलवार भेटवार्ता भएको हो।""