रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको बताएका छन् । उनले नयाँ सरकारको नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणलाई अराजनीतिक र अराजकताको पराकाष्ठा भनेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कांग्रेसको अपरिपक्क निर्णयले सरकार बनाउने अवसर गुमाएको छ । प्रतिनिधि सभाको निर्वाचनबाट पहिलो दल बने पनि कांग्रेस सभापति शेर बहादुर देउवा कुनै पनि हालतमा आफू प्रधानमन्त्री हुने ध्याउन्नमा लागे छि सत्ता गठबन्धन टुटेको हो ।
नेपालको ४४ औं प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
आम निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठनका लागि जोड घटाउ चलिरहेका बेला अब को राष्ट्रपति बन्ला भन्ने चर्चा समेत चुलिएको छ ।नेपालको संविधान र कानूनबारे गहिरो ज्ञान भएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित, स्वच्छ छविका गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्नेमा धेरैको सहमति देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिबार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेल जीवनका बेला आफूले थुप्रै साहित्यिक रचना लेखेको बताएका छन् । पोखराको फेवा किनारस्थित बाराहीघाटमा जारी नेपाल लिटरेचर फेस्टिभलको राजनीति बाहिरका कुरासम्बन्धी सेसनमा पत्रकार अखण्ड भण्डारीसँग बोल्दै अध्यक्ष ओलीले लेख्ने र लेखेकै ठाउँमा छाडेर हिँड्ने बानीका कारण आफ्ना कैयौं रचना अलपत्र परेका बताए ।