रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनेपछि भारतले चासो दिएको छ । भारतीय विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको पनि जनाएको छ ।
प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । साहले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।
मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तयार भएको छ । जसको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा विवाद बढेको छ ।
निबर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले छाडेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन्। निवर्तमान प्रधानमन्त्री देउवा बुधबार बिहान बालुवाटारबाट धुम्वाराही भाडाको घरमा सरेपछि प्रधानमन्त्री प्रचण्ड सरेका हुन्।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको थियो । त्यसबेला अदालतले अन्तरिम आदेश दिनु नपर्ने सुनाइएको थियो ।
नेपाल इन्टरनेशनल एडिआरसेन्टर को आयोजनामा मध्यस्थता र मेलमिलापका माध्यमबाट हुने बिवाद समाधानमा देखिएका समस्याहरु र समाधानका उपायहरुका बिषयमा छलफल कार्यक्रमको आयोजना भएको छ । सो कार्यक्रममा न्यायकानून क्षेत्र, ईन्जिनियरिङ्ग क्षेत्र, लेखा तथा ब्यवस्थापन क्षेत्र तथा प्रशासन क्षेत्रका विज्ञहरुको उपस्थिति थियो ।