रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
नेपालमा रेमिट्यान्स(विप्रेषण)आप्रवाहमा उल्लेख्य प्रगति भएको छ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म रु एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्याका आधारमा ऐतिहासिक प्रतियोगिता भएको बताएका छन् । उनले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।
मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ ।
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले सत्तारुढ कन्जरभेटिभ पार्टीको लिडरबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले ल्याएका नीतिहरुले बेलायती अर्थतन्त्रमा उथलपुथल मच्चाएपछि पदभार सम्हालेको ६ हप्तामै उनले राजीनामाको घोषणा गरेकी हुन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जनाले निर्वाचन आचारसंहीता उल्लंघन गरेकाले आयोगले कारबाहीको तयारी गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमाथि तिखो प्रहार गर्न छाडेका छैनन् । निर्वाचन नजिकिदै जाँदा ओली गठबन्धनप्रति थप आक्रामक देखिएका छन् । उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुने दाबी समेत गरे । निर्वाचनमा एमालेले प्रतिनिधि सभातर्फ १ सय ५० सिट जित्ने दाबी समेत गरे ।