रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् ।
परिवर्तनको चर्को नारा दिएर बैकल्पिक राजनीतिक शक्ति बन्ने होडमा आएका केही युवाहरु यस पटकको निर्वाचनमा कमजोर सावित भएका छन् । दोस्रो संविधानसभा पछि उज्ज्वल थापाको नेतृत्वमा संगठित भएकाहरु अन्ततः छिन्नभिन्नको अवस्थामा पुगे र यस पटकको प्रतिनिधि सभा निर्वाचनमा पत्तासापको अवस्थामा पुगेका छन् ।
विशेष चासोका रुपमा हेरिएको चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्।
देशभर मत गणना जारी रहँदा समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले)ले अग्रस्थान कायम राखेको छ । बिहीबार बिहान साढे ९ बजेसम्म गणना भएको मध्ये एमालेले प्रतिनिधिसभा सदस्यतर्फ चार लाख ८५ हजार ९०३ मत पाएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पोखरेललाई सत्तागठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । यो समाचार तयार पार्दासम्म प्रतिनिधि सभाका १६५ मध्ये ४२ स्थानको नतिजा आएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आयोजना गरेको समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।
तराई मधेसमा यसपटकको निर्वाचनले फेरि अनौठो सन्देश दिएको छ । जनताले रोचक परिणाम दिएका छन् । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत (चन्द्रकान्त राउत)सदन प्रवेश गरेका छन् । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मधेसको राजनीतिले निकै रोमान्चक सन्देश दिएको छ ।