रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले मधेस प्रदेशसभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताएका छन् । गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने पनि उनले बताए ।
फिनल्याण्डको एक अदालतले मानव तस्करी गरी आफ्नो रेस्टुरेन्टमा श्रम शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै एक नेपाली दम्पतिलाई जेल सजाय सुनाएको छ।"
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझैं १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताएका छन् । गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा)संयोजक डा.बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा निर्वाचन आयोगले ८७ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा २ अनुसार बिहीबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
नेपाली लोकदोहोरी क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । बिहीवार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले वैवाहिक सम्बन्धलाई अन्त्य गरेका हुन् ।