रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।
कतारमा यही मंसिर ४ गतेदेखि हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तारुढ गठबन्धन विरुद्ध उत्रिएका छन् । उनले गठबन्धनका उम्मेदवारहरुलाई विभिन्न आरोप लगाउने र कटाक्ष गर्ने क्रमलाई निरन्तरता दिएका छन् । गृह जिल्ला झापाको शनिश्चरेस्थित सालबारीमा मंगलबार साँझ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले उम्मेदवार नपाएर एमालेका नेता तानेर लगेको पनि बताए ।
मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवारी दिने नेताहरुलाई कारवाही गरेको छ । कांग्रेसले ७४ जना बागी उम्मेदवारलाई पाँच वर्षका लागि पार्टीबाट निस्काशित गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गरेकी छिन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरिन् ।
नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । तीन सातादेखि हिरासतमा रहेका लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार बन्ने बताएका छन् । गृह जिल्ला दाङमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेको सूर्य चिन्हमा भोट दिन आग्रह गरे ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला अस्वस्थ भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए ।