रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ ।घोषणापत्रमा लोसपाले २० वटा प्रतिवद्धता जनाएको छ ।
सरकारले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत बराबर पुग्ने दाबी गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५ दशमलव ८४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको हो ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि तयारी तिब्र बनाइएको छ । निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ गरिसकेको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूयप्रसाद आर्यालले जानकारी दिए ।
काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन् । बिहीबार बबरमहलमा कार्यक्रम गरेर उनले सात बुँदे संकल्प सार्वजनिक गरेकी छन् । स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण गर्ने उनले बताएकी छन् ।"
सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपालमा विलासिताका वस्तु आयातमा कडाइ गर्ने भनिए पनि त्यो प्रभावकारी भएको पाइएको छैन । चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भ भएदेखि नै सरकारले सवारीसाधन, महँगा विदेशी ब्रान्डका मदिरा, सुनचाँदी र धेरै मुल्यपर्ने ल्याप्टप, मोबाइल सेट लगायतका बस्तुहरुलाई बिलासिताका सामान भन्दै त्यस्ता वस्तुहरूको आयातमा कडाइ गरेको बताए पनि तथ्याकंले गलत सावित गरिदिएको छ ।
नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासनमा परेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाएका छन् ।