रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका प्रदीप पौडेलले आफ्नो चुनावी अभियानलाई जारी राखेका छन् । सत्ता गठबन्धनका सशक्त उम्मेदवार नेपाली कांग्रेसका पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शङ्खधर साख्वाःको प्रशंसा गरेका छन् । धर्म संस्कृति, इतिहास र परम्परासँग अभिन्न रूपमा जोडिएको नेपाल संवतको जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न पनि उनले आब्हान गरे ।
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ ।
विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र पार्टीको दर्शन रहेको भन्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पार्टीले सुसंस्कृउ राजनीति, समतामूलक समृद्धि पार्टीको लक्ष रहेको भन्दै घोषणापत्र सार्वजनिक गरेको हो । त्यस्तै, पार्टीले घोषणापत्रमा पद्धती, पारदर्शिता, ईमानदारी, उत्कृष्टतालाई आफ्नो मूल्य मान्यता रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार गगन कुमार थापालाई स्पष्टीकरण सोधेको छ । मतदातालाई स्वास्थ्य सेवा प्रदान गर्न लागेको विषयमा स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ ।
होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
नेपालमा रेमिट्यान्स(विप्रेषण)आप्रवाहमा उल्लेख्य प्रगति भएको छ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म रु एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको छ ।