रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो ।
आगामी स्थानीय तहको निर्वाचन अगाडि कम्युनिष्ट पार्टीहरुबीच एकताको चर्चा चुलिएको छ । चुनावी गठबन्धन र बाम एकताबारे चर्चा चुलिए पनि त्यसले सार्थकता पाउने संकेत न्यून छ । चैत्र दोस्रो साता चिनियाँ परराष्ट्रमन्त्री एवं राज्य परिषद्का सदस्य वाङको नेपाल भ्रमणकै क्रममा पनि बाम एकताको चर्चा थियो । तर त्यसका बारेमा संघन बहस भने भएको छैन ।
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी)लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत गएका थिए । प्रधानमन्त्री देउवा आइतबार साँझ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाली चलचित्र र त्यसमा आबद्ध कलाकारहरुका बारेमा मिडियामा सतही मात्र जानकारी आउँछ । नेपाली चलचित्र उद्योग र यसको इतिहासका बारेमा गहन खोज भएको पाइँदैन । चलचित्रको अन्तरबस्तु, यसका पात्र र प्रबृत्ति, कलाकारको नालीबेली, विश्वमा छरिएका नेपालीभाषी कलाकारको अवस्था र सम्बन्धका बारेमा अहिलेसम्म गहन खोज, अनुसन्धान र तथ्यहरु भेटाउन मुस्किल छ ।
आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच तालमेल गरेर अघि बढ्ने विषयमा नेपाली कांग्रेसका नेताहरुबीच एकमत छैन । यसैबीच कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप लिन नसक्ने प्रतिक्रिया दिएका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उनको भनाइ छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।