रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको छलफल निष्कर्षविहीन बनेको छ । शनिबार बालकोटमा भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा नेताहरू आ–आफ्नै अडानमा कायम भएपछि निष्कर्षविहीन बनेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई तोडेर भए पनि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने तयारी अगाडी बढाएका छन् । विशेषगरी नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमसीसी पास गराउन सहयोग गर्ने बचन दिए पनि पछिल्लो समय उनीहरुले बोली फेरेपछि देउवा नयाँ रणनीतिमा अघि बढेका हुन् ।
नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएकोछ । अर्थ मन्त्रालयमा शुक्रबारसरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउन दलहरुबीच निरन्तर छलफल जुटेका छन् । उक्त सम्झौताबारे सदनमा सैद्धान्तिक छलफलको कार्यसूची रहेपनि सहमति नजुटेपछि नेताहरुको दौडधुप बाक्लिएको छ ।
हामी पढ्छौ : नेपाली कांग्रेसी देशमा राणाशासन, पन्चायत र राजतन्त्रको विरोधमा एक प्रकारको आँधी ल्यायो, चेतना ल्यायो र काँग्रेसकै नेतृत्वमा देशको आमूल परिवर्तनको प्रारम्भ भयो । यसर्थ पनि काँग्रेसजनहरु गर्व गर्छन् : २००७ सालमा जनक्रान्तिको जग निर्माण गरेको पार्टीले अहिले पनि संघीय लोकतान्त्रिक नेपालको नेतृत्व गरिरहेको छ ।
रूस र युक्रेनबीचको तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो । अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गराउने विषयले शीर्ष राजनीतिक दलहरुमा खटपट चलिरहेको छ । प्रमुख प्रतिपक्षी दल एमाले, सत्तारुढ दल माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)भित्र एमसीसीको पक्ष–विपक्षमा नेताहरुले अभिव्यक्ति दिइरहेका छन् । सत्तारुढ पाँच दलबीच तिक्तताको अवस्था सिर्जना भएको छ । गठबन्धन टुट्ने र नयाँ समीकरण निर्माण हुने आधारहरु पनि देखिन थालेका छन् ।
रेष्टुरेण्ट तथा बार एशोसिएसन (रेबान)को ३१ ओैँ वार्षिक साधारण सभाबाट अध्यक्षमा अरनिको राजभण्डारी पुनः चयन भएका छन् ।