रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन् । राजतन्त्र पुनःस्थापना हुनुपर्ने पक्षमा अभिव्यक्ति दिंदै आएका उनी राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका थिए ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा बुझाएको भन्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र गगन थापा पक्षले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । शेखर–गगन पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको हो ।
नेपाली कांग्रेसमा विवाद बढेको छ । टिकट वितरणमा एकलौटी भएको भन्दै डा.शेखर कोइराला पक्ष आन्दोलनमा छ । संस्थापन पक्षमले माग सम्बोधन संकेत गरेको छ । मंगलबार दिउँसो पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दैै उनीहरुका माग सम्बोधन नगर्ने संकेत गरेका हुन् ।"
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हिजोआज के गर्दैछन् ? धेरैलाई यही जिज्ञासा हुनसक्छ । कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिको कुर्सी सम्हाल्ने सपना बुनेका उनी सपना तुइएसँगै हिजोआज देशको कार्यकारी भूमिकामा पुग्ने असीम सपना देखिरहेका छन् । छिटपुट रुपमा सार्वजनिक कार्यक्रममा उभिने गरेका उनी देशको नेतृत्व गर्ने इच्छा रहेको अभिब्यक्ति छुटाएका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वलाई लक्षित गरी १२ बुँदे निर्देशन दिएका छन् । एकीकृत र संयुक्त बजार अनुगमन, विज्ञ परिचालन, कालोबजारी एकाधिकार रोक्ने, चाडपर्वको यात्रा सुरक्षित बनाउने लगायतका १२ बुँदे निर्देशन उनले दिएका हुन् ।"
नेपालमा डेंगी संक्रमितको संख्या अस्वभाविक रुपमा बढिरहेको छ । डेंगी महामारी नियन्त्रण बाहिर गएको छ । हाल संक्रमितको संख्या २४ हजार ४ सय ९२ पुगेको छ ।
नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास बसेका अनधिकृत संरचना हटाएको छ । वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा बिहीबार दिउँसो महानगरले डोजर चलाएको हो ।