रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यहि फागुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । उनले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने पनि बताए । अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न वस्तु आयातमा सीमा निर्धारणको व्यवस्था गरिएको दावी गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजनको दिशामा अघि बढेको छ । प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेसँगै संस्था फुटको अवस्थामा पुगेको हो । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्च अदालतले ढाल्ने काम गरेको आरोप लगाएका छन् । सर्वोच्च कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी पनि उनले गरे ।
स्थानीय तह निर्वाचनका लागि मतपत्रमा चुनाव चिन्ह हरियो मसीको छपाइ गर्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमाले आक्रोशित छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आफूविरुद्ध लागेको निष्कर्षमा पुगेको एमाले निर्वाचन आयोगप्रति पनि सशंकित बनेको हो ।
नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामांकन तीन दिन थप गरिएको छ।