रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।
नेपालमा डेंगु संक्रमणका बिरामीको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । गत साउन यताबाट डेंगु संक्रमितको संख्या बढेको हो ।
‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको दुखेसो पोखेका छन् । शुक्रबार बिहान राजधानीको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विद्रोह गर्ने बेला आएको बताएका हुन् ।
नेपालमा प्रथम राष्ट्रपति डा.रामवरण यादबले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका छन् ।
नेपालमा डेंगीका नयाँ बिरामी थपिनेक्रम बढ्दो छ । अस्पतालहरुमा विरामीहरुको चाप थामिनसक्नु छ । पछिल्लो चौबीस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन् ।
सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन् । राजतन्त्र पुनःस्थापना हुनुपर्ने पक्षमा अभिव्यक्ति दिंदै आएका उनी राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका थिए ।