रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड एण्ड फिल्म फेष्टिवल–२०२२’ अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको थियो।
विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज भएको छ । गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध परेको रिट खारेज भएको हो ।""
पृथक र नौलो सुविधासहित नेपालमा राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक समारोहबीच दैनिक यात्रालाई सहज बनाउन यस्तो एप सार्वजनिक भएको हो ।"
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गरिरहेका शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान विहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् ।
सरकारले निर्यातमा नगद अनुदान दिने गरी निर्यात अनुदान कार्यविधि जारी गरेको छ । करिब तीन महिना ढिलो गरी सरकारले निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि जारी गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप पौडेलले अघि सारेको विकासको नयाँ मोडलले चर्चा पाएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।