रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्याका आधारमा ऐतिहासिक प्रतियोगिता भएको बताएका छन् । उनले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।
मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ ।
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले सत्तारुढ कन्जरभेटिभ पार्टीको लिडरबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले ल्याएका नीतिहरुले बेलायती अर्थतन्त्रमा उथलपुथल मच्चाएपछि पदभार सम्हालेको ६ हप्तामै उनले राजीनामाको घोषणा गरेकी हुन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जनाले निर्वाचन आचारसंहीता उल्लंघन गरेकाले आयोगले कारबाहीको तयारी गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमाथि तिखो प्रहार गर्न छाडेका छैनन् । निर्वाचन नजिकिदै जाँदा ओली गठबन्धनप्रति थप आक्रामक देखिएका छन् । उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुने दाबी समेत गरे । निर्वाचनमा एमालेले प्रतिनिधि सभातर्फ १ सय ५० सिट जित्ने दाबी समेत गरे ।
प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए ।
निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।