रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जोडेको थोत्रा टालाको पुतली’को संज्ञा दिएका छन्।सत्तारुढ गठबन्धनलाई एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । बेहाल अवस्थामा रहेको गठबन्धनले आफ्नो पार्टीलाई डराएको भन्न नमिल्ने बताए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा.टेड्रोस एइहानोम गेब्रेयसस नेपाल आएका छन् । विहीबार नेपाल आइपुगेका उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग भेटर्वार्ता गरेका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई आवश्यक पर्ने सामग्री ढुवानी गर्न सुरु गरेको छ । निर्वाचनलाई आवश्यक पर्ने सामग्री बिहीबारदेखि ढुवानी गरी पठाउन थालिएको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नपर्ने बताएका हुन् ।
सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहितका पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताए ।