रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा (एमाले) पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न आह्वान गरेका छन्।
कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
कोरोना भाइरसको संक्रमणदर बढिरहेको बेला गत बर्ष रुकुम पश्चिमको एक नगरपालिकाले सञ्चालनमा ल्याएको पीसिआर परिक्षण प्रयोगशालामा अहिले परिक्षणको काम सुचारु हुन सकेको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रुपमा फैलिएको आरोप लगाएका छन् ।"
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ ।
अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ । भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले एक एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा विहीबार विहानदेखि निषेधाज्ञा लागू भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर रोक्न काठमाडौं उपत्यकामा जारी गरिएको पहिलो दिनको निषेधाज्ञामा सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् । सार्वजनिक यातायातका साधन सञ्चालन भएनन् ।