रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा आगामी असार मसान्तसम्म थप तीन लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने आंकलन गरिएको छ ।
निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले आव २०७४/७५ देखि आव २०७६/७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई सात दिनको समय दिएको हो ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सरकारले कोभिड–१९ संक्रमणको अत्याधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् ।
पचासको दशकमा गोरेबहादुर खपाङगीको पार्टी भनेर चर्चामा रहेको राष्ट्रिय जनमुक्ति पार्टी पुरानै अडानलाई दोहोर्याउँदै पाँचौं राष्ट्रिय महाधिवेशनको तयारीमा लागेको छ ।
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘सुम्निमा’मा सप्तकोशी नदी किनारको सुन्दरता वर्णन गरिएको छ । त्यहाँको मिहिन बलौटे बगरमा छरिएका मानवीय समवेदनाका स्वैरकल्पनाहरु चलचित्र झैं चित्रण छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भर्खरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् ।