रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिएका छन् ।चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै दाहालले कर्णालीबाट शुरु भएको ओलीको हार अब केन्द्रमा पनि आइपुग्ने दावी गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नका लागि आफू लालायित नभएको बताएका छन् । आइतबार बुढानिलकण्ठस्थित निवासमा श्रीराम श्रेष्ठद्धारा लिखित पुस्तक ‘नेपाली जन जातीय संस्कार र संस्कृति’ को विमोचन गर्दै देउवाले प्रधानमन्त्री बन्नका लागि आफू लालायित नभएको बताएका हुन् ।
अमेरिकन आइडलको १९औं संस्करणमा १८औं संस्करणका नेपालीमूलका उपविजेता दिवेश पोखरेल प्रतिस्पर्धी बन्ने भएका छन् । गत बर्ष १८औं संस्करणमा महामारिका कारण भौतिक रुपमा उपस्थित हुन नभई घरबाटै प्रस्तुत गर्नु परेको थियो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमाअमेरिकी सहायता परियोजना (एमसीसी) र कोभिड–१९ को विषयले प्राथमिकता पाएको छ ।
नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान अपिल गरेको छ । हालसम्म सेवा बन्द गर्ने विषयमा सरकारले औपचारिक निर्णय नगरेको भए पनि स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढेकाले विद्यालय नजान सचेत गराएको हो ।
कोरोना भाइरस संक्रमितको नेपालमा फेरि बढ्न थालेको छ । दैनिक मृतकको संख्या थपिने क्रम छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो जेठ–असारसम्म कोरोना संक्रमितको संख्या उच्च हुने जनाएको छ ।