मन्त्रिपरिषद् बैठकको नयाँ निर्णय
- रुपान्तरण
विदेशबाट डिपोट भएका, जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरुलाई क्वारेन्टिनमा राख्दा लाग्ने खर्च सरकारले ब्यहोर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीहरुको खर्च सरकारले ब्यहोर्ने जानकारी दिए ।"