अर्बपति चौधरीको समिट अपार्टमेण्ट ‘अवैधानिक’ !
- रुपान्तरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. तोसिमा कार्कीले देशब्यापी रुपमा निर्माण हुँदै गरेका भवन, होटेल, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् कार्कीले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरिन ।