अन्तिम प्रतिवेदन बुझाइयो, अब सरकार गठन प्रक्रिया अघि बढ्ने
- रुपान्तरण
निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरुको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि प्रतिवेदन बुझाएको छ । राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटार पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतको टोलीले प्रतिवेदन हात लगाएको हो ।"